दफा २६
स्थानान्तरण तथा पुनर्बिकास गर्न सक्ने
(१) अनुमतिपत्र प्राप्त संस्था वा सेवाप्रदायकले खानेपानी तथा सरसफाइ संरचनाको आवश्यकता अनुसार स्थानान्तरण तथा पुनर्विकास गर्न सक्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय महत्वका खानेपानी तथा सरसफाइ संरचनाको स्थानान्तरण तथा पुनर्विकास गर्नु अघि मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।